काठमाडौँ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
गत शुक्रवार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।







