काठमाडौं । यति बेला नेपालीहरूको महान् चाड दसैँ चलिरहेको छ । यो अवसरमा कतिपय विद्यालय तथा सरकारी र गैरसरकारी कार्यालयहरूले लामो बिदा समेत  दिने गरेका छन् । दशैँतिहारको यो बिदामा तपाईँ आफ्नो परिवारजन तथा प्रिय व्यक्तिसँग बसेर माया तथा आत्मीयपन साटासाट गर्न सक्नुहुन्छ । जसका लागि तपाई आफ्नो परिवारजनसँग बसेर फिल्म पनि हेर्न सक्नुहुन्छ ।

आज हामीले दशैँतिहारको बिदामा हेर्न मिल्ने उत्कृष्ट १० फिल्मका बारेमा जानकारी दिँदै छौँ । 

१. राम लीला (२०१३)

विलियम सेक्सपियर को ‘रोमियो एन्ड जुलिएट’ लाई राम र लीलाको रूपमा रूपान्तरण गरी निर्माण गरिएको यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको हो । फिल्ममा राम र लीलाको अजिबको प्रेम प्रस्तुत गरिएको छ ।

सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो फिल्ममा दीपिका पादुकोण र रणवीर सिंहको शीर्ष भूमिका छ । फिल्ममा रामको भूमिकामा देखिएका रणवीर सिंह र लीलाको भूमिकामा रहेकी दीपिका पादुकोण एक अर्काको प्रेममा पर्छन् तर पछि गएर उनीहरू एकअर्कावाट टाढा बस्नुपरेको कथा छ ।

२. टाइटनिक (१९९७)

फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो टाईटानिक । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ । टाइटनिक पानीजहाजको सत्य दुर्घटनाको फिक्सनल लभ स्टोरी भएकाले पनि यो फिल्म निकै चर्चित भयो । सन् १९९७ मा यसले ११ विधामा ओसकार अवार्ड जितेको थियो ।

३. जव वी मिट (२००७)

सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘जब वी मेट’ भारतीय हिन्दी भाषाको रोमान्टिक कमेडी फिल्म हो । यो फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका थिए । उक्त फिल्ममा शाहिद कपूर र करीना कपूरको मुख्य भूमिका रहेको छ ।  दशैँतिहारको विदमा फिल्म हर्दै परिवारसँग माया साट्नको लागि यो फिल्म पनि तपाईँको लागि महत्त्वपूर्ण साबित हुनसक्छ ।

४. अ वाल्क टु रिमेम्बर(२००२)

युवा पुस्तामा एकदमै लोकप्रिय फिल्ममध्ये एक हो, वाल्क  टु रिमेम्बर । मोडर्न सोसाइटीमा बिग्रिएको केटा प्रेममा परेपछि आउने परिवर्तनको कथा यो फिल्ममा समेटिएको छ । एडम स्याकमन निर्देशित यो फिल्मले जीवनमा प्रेमको महत्त्व दर्साउँदै प्रेमप्रति सकारात्मक भाव पैदा गर्छ ।

५. नो स्मोकिङ (२००७)

‘नो स्मोकिङ’ अनुराग कश्यपद्वारा निर्देशित हिन्दी भाषाको ब्ल्याक कमेडी फिल्म हो । फिल्ममा एउटा ‘चेन स्मोकर’को कथा देखाइएको छ । यस फिल्मले धूम्रपानका खतरा र यो बानी छोड्दाका चुनौतीहरू देखाएको छ । यो एक कमेडी तथा हृदयस्पर्शी फिल्म हो । फिल्ममा जोन अब्राहमसँगै आयशा टाकिया र रणवीर शौरीको अभिनय रहेको छ ।

६. उडान (२०१०) 

सन् २०१० मा प्रदर्शनमा आएको ‘उडान’ को निर्देशन विक्रमादित्य मोटवानेले गरेका हुन् । फिल्ममा बोर्डिङ स्कुलबाट निष्कासित भएपछि घर फर्केर आफ्नो अत्याचारी बुबासँग बस्न बाध्य भएको किशोरको कथा देखाउन खोजेको छ । आफ्नै आवाज खोज्ने, सपनाहरू पछ्याउने र स्वतन्त्रताको लागि लड्ने कथा यसमा देखाइएको छ । हराएको वा एक्लो महसुस गर्ने जो कोहीले हेर्नै पर्ने फिल्ममा यो फिल्म पनि पर्दछ ।

८. रिमेम्बर मी (२०१०)

प्रेमलाई दिगो र बलियो बनाउन खोज्नेका लागि रिमेम्बर मी फिल्मले मन जित्न सक्छ । प्रेमले आत्मविश्वासी र बलियो बनाउनुका साथै यसलाई सम्हाल्न नसकिएको अवस्थामा भने मानिसलाई कमजोर पनि बनाउँछ भन्ने यथार्थलाई यो फिल्मले समेट्ने प्रयास गरेको छ । दसैँ तिहारको यो रमाइलो क्षणमा परिवारसँग बसेर हेर्नका लागि यो फिल्म उपयुक्त हुनसक्छ ।

९. हम दिल दे चुके सनम 

सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो फिल्म बलिउडमा सर्वाधिक रोमान्टिक फिल्मको रूपमा चिनिन्छ । यस फिल्ममा खुसी, प्रेम र करुणालाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । ऐश्वर्या राय र अजय देवगणले मुख्य भूमिकामा रहेको यो फिल्म पनि दशैँतिहारको छुट्टीलाई सदुपयोग गर्नका लागि तपाईँले हेर्न सक्नुहुछ ।

१०. मनमर्जिया(२०१८)

नयाँ जमानाको रोमान्स समेटिएको यो फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको हो । फिल्मले पात्र रुमीको जीवनको वर्णन गर्दछ । जुन उनको पूर्व प्रेमी र पतिका बिचमा छरिएको सम्बन्धमा केन्द्रित छ । नयाँ युगको प्रेमकथामा आधारित यो फिल्ममा तापसी पन्नु, अभिषेक बच्चन र विक्की कौशलको अभिनय रहेको छ । अनुराग कश्यपले निर्देशन गरेको यो फिल्ममा व्यक्तिले सामना गर्ने भ्रम र भावनालाई चित्रण गरिएको छ ।