काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनी हाल कायम चुक्ता पुँजी १ः१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो । यसमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
बैंकहरु संकटमा परे भन्ने भाष्य निर्माण गर्न खोजिएको छ तर हामी त्रासमुक्त छौ: सिइओ खालिङ







