काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका लागि १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु संस्थाले जनाएको छ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ ।







