काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १९ गते बसेको संस्था सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।

उक्त बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभाश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरि वितरण गरिनेछ ।