काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै कुल ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी दिएको हो। अब उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्।
यसअघि यी सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर बिक्रीमा राखिएको थियो। तर सबै सेयर बिक्री नभएपछि बाँकी रहेको हिस्सा अन्य लगानीकर्ताका लागि खुला गरिएको बैंकले जनाएको छ।
सेयर खरिद गर्न चाहनेहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले लिन चाहेको सेयर संख्याबारे स्पष्ट उल्लेख गर्नुपर्नेछ।







