काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लामा दुई वटा नयाँ शाखा थपेको छ । बैंकले बुधबारबाट जिल्लाको विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

विरुवा शाखाको उद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका थिए । त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले गरे । समुद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ । उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि लिएको जनाएको छ ।

दुई शाखा थपिएसँगै गरिमा विकास बैंक लिमिटेडको देशभरको शाखा संख्या १२५ पुगेको छ । बैंकले थप १ एक्स्टेन्सन कार्यालयबाट सेवा दिँदै आएको छ भने देशभर यसका ५० वटा एटिएम बुथ रहेका छन् । बैंकले हाल ९ लाख ग्राहकहरूलाई बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।