काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फण्ड’ निष्कासन हुने भएको छ ।

जसअन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब रूपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ आगामी पुस ७ गतेबाट सार्वजनिक रूपमा निष्कासन हुने भएको छ ।

गरिमा क्यापिटल लिमिटेडले पुस ७ गतेबाट योजना सार्वजनिक रूपमा निष्कासन गर्ने तय भएको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिबमोजिम योजना सार्वजनिक रूपमा निष्कासन गर्न लागिएको हो ।