काठमाडौँ। कुमारी बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने बैंकले २८ करोड ५८ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो।
यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि १७.८० प्रतिशतले बढेको छ। बैंकले ९ अर्ब ३० करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३२ करोडबाट बढेर ११ अर्ब २४ करोड र सञ्चालन मुनाफा ८५ करोड ८३ लाखबाट बढेर ६ अर्ब ५० करोड पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । खुद नाफा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। बैंकको ईपीएस १.४५ रुपैयाँबाट छलाङ मार्दै २१.२४ रुपैयाँ कायम भएको छ। तेस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ३ खर्ब ६४ अर्बबाट बढेर ३ खर्ब ८१ करोड पुगेको छ।
कर्जा प्रवाह पनि २ खर्ब ६० अर्बबाट बढेर २ खर्ब ७३ अर्ब पुगेको छ । बैंकले सम्भावित जोखिमका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको इम्पेयरमेन्ट चार्ज छुट्टाएको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपात ६.९८ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ ।







