काठमाडौं । सुन र चाँदीको मूल्यमा बिहीबार सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्दै ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार ५ हजार ७१० रुपैयाँ रहेको चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँ कायम भएको छ।