प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकातर्फ प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन उनी शनिवार अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरेका थिए ।