काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा चार अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत वर्षको तुलनामा भने ९.९८ प्रतिशतले घट्नको छ । गत वर्षको भदौ महिनामा ती कम्पनीहरुले नयाँ व्यवसायमार्फत ४ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
गत वर्षको तुलनामा ती कम्पनीहरुमध्ये नेपाल लाइफ र आइएमई लाइफको मात्रै नयाँ व्यवसाय बढेको छ, भने बाँकी सबै कम्पनीको व्यवसाय गत बर्षको तुलनामा बढेको छैन्।
भदौ महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ महिनासम्ममा कुल १ अर्ब आठ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत भदौ महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन १४ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, नेशनल लाइफले भदौ महिनासम्ममा कुल ५५ करोड ६३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत भदौ महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय १ दशमलव ५४ प्रतिशतले घटेको पाएको छ ।
आइएमई लाइफले भदौ महिनासम्ममा कुल २१ करोड ४६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत भदौ महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय ६० दशमलव ३३ प्रतिशतले बढेको छ ।
नयाँ व्यवसाय बृद्धिको आधारमा रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ । भदौ महिनासम्ममा कम्पनीको प्रथम बीमा शुल्क ११७ प्रतिशतले बृद्धि भई २१ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
सूर्यज्योति लाइफले भदौ महिनासम्ममा ३३ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । यसका साथै, भदौ महिनासम्ममा एलआइसी नेपालको नयाँ बीमाशुल्क आर्जन ४ दशमलव ९६ प्रतिशतले घटेर ३१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
भदौ महिनासम्ममा मेट लाइफको ६ प्रतिशत, हिमालयन लाइफको एशियन लाइफको १८ दशमलव १७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २१ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २२ प्रतिशत, सिटिजन लाइफको २३ प्रतिशत, सन नेपाल लाइफको ४४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ४६ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घटेको वित्तीय विवरणले देखाएको छ ।