काठमाडौं। लाभांश सिजन सुरु भएसँगै हालसम्म केही वाणिज्य बैंकहरुले प्रतिफल घोषणा गरिसकेका छन् । बाँकी बैंकहरुले पनि लाभांश प्रस्ताव गर्ने आन्तरिक तयारी थालिरहेका छन् ।

यसै क्रममा देशको ७७ वटै जिल्लामा शाखा रहेको ग्लोबल आइएमई बैंकले ग्राहकलाई चुस्त सुविधा दिनुको साथै, शेयरधनीलाई पनि राम्रो प्रतिफल दिंदै आइरहेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको २ महिना वितिसकेकाले यस ग्लोबल आइएमई बैंकले पनि केही समय पछि लाभांश प्रस्ताव गर्नेछ ।

हरेक वर्ष लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल वितरण गर्दै आइरहेको बैंकले यस पटक कति लाभांश घोषणा गर्छ भन्ने सबैका लागि चासोको विषय बनेको छ ।

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी र बढ्दो खराब कर्जाका कारण कतिपय बैंकको लाभांश वितरण क्षमता नै ऋणात्मक छ । तर निकै राम्रो व्यवस्थापन रहेको यस बैंकले शेयरधनीहरुको हात खाली नगर्ने कुरामा लगानीकर्ताहरु भने विश्वस्त छन् ।

ग्लोबल आइएमई बैंकले कुन वर्ष कति लाभांश वितरण गर्यो ?

ग्लोबल आइएमईले लगानीकर्तालाई हरेक वर्ष डबल डिजिट लाभांश वितरण गर्दै आइरहेको छ । यसले अघिल्लो वर्षको नाफाबाट १३.६० प्रतिशत वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा पनि यसले १३.५० प्रतिशत नै लाभांश दिएको थियो ।

बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई प्रतिफल प्रस्ताव गरेको छैन । वित्तीय रिपोर्ट अनुसार यसले लगानीकर्तालाई ८.२७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ । बजारमा देखिएको तरलता समस्या, आर्थिक मन्दीले गर्दा अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले थुप्रै रकम इम्पेयरमेन्ट चार्ज बापत छुट्याएका छन् ।

१२ वर्षको औसत लाभांश दर ४३ प्रतिशत रहेको नबिल बैंकले यो बर्ष कति देला लाभांस ?हेर्यौ

यस बैंकको पनि उक्त चार्ज बापतको रकम ४६ करोड ६४ लाखबाट बढेर २ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यसैले यसको लाभांश क्षमता पछिल्ला वर्षहरुको भन्दा केही कम देखिएको छ । तर अन्य बैंकहरुले शेयरधनीहरुको हाल खाली गर्दै गर्दा यसले भने लगानीकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिन सक्ने अवस्थामा छ । जुन अहिलेको अवस्थामा धेरै राम्रो रहेको जानकारहरुले बताएका छन् ।

आगामी दिनमा खराब कर्जा घटाउँदै जाने बैंकको भनाई छ । त्यसपछि अहिले छुट्याएको प्रोभिजनको रकम पनि घट्नेछ । र फेरि यस बैंकले लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरण गर्ने दाबी गरेको छ ।

एक महिनामा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब भन्दा धेरैको नाफा, सबै भन्दा अगाडि ग्लोबल आइएमई