काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपालको पर्यटन पूर्वाधार, हाइड्रोपावर लगायत यातायातको क्षेत्रमा लगानी सहयोग गर्न एसियन बैंकर्स सङ्घ (एबीए) सँग आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घ (एनबीए) को सहकार्यमा पहिलोपटक नेपालमा एसिया बैंकर्स कन्फेरेन्समा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उक्त कन्फेरेन्समा विश्वका २४ मुलुकका ६३ प्रतिनिधिहरु सहभागी छन् ।

गभर्नर अधिकारीले विश्व बैंक (वल्र्ड बैंक), एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतको सहभागितामा एसियाली बैंकहरुको प्रतिनिधिको सम्मेलनमा नेपाल आर्थिक संवृद्धिको यात्रामा अघि बढिरहेको र यसका लागि अन्तर्राष्ट्रिय साझेदारहरूको समेत साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

त्यस्तै, उनले नेपालको अर्थतन्त्र सकारात्मक पथमा रहेकाे बताए । उनले भने, ‘लगभग ८ प्रतिशत आर्थिक वृद्धिमा पुगिसकेको नेपालको अर्थतन्त्र कोभिड–१९ का कारण केही प्रभावित हुन पुग्यो । तथापि, यहाँको पर्याप्त लगानीको सम्भावनाले, तीव्र प्रतिफलको सम्भावनाले छिटो विकास गर्न सकिने सम्भावना छ’