काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त बनेको जाजरकोटमा चिसोका कारण दुई भूकम्प प्रभावितहरूको मृत्यु भएको छ ।

अत्यधिक चिसोका कारण भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

त्रिपालमुनि बस्दै आएका उनीहरूको चिसोको कारण मृत्यु भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मृत्यु हुने दुवै दमका दीर्घ रोगी भएको रहेका थिए ।

त्रिपाल मुनि बस्दा अत्यधिक चिसोका कारण रोगले च्याप्दै गएपछि मृत्यु हो ।  जाजरकोटमा भूकम्पपछि ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।