काठमाडौं । देशभरी डिम्याट खाताको संख्या ६० लाख नाघेको छ । सिडिएससीको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६० लाख तीन हजार सात सय १३ डिम्याट खाताहरु खुलिसकेका छन् ।
अनलाइनमार्फत नै सेयर कारोबार, राफसाफ लगायत सुविधा पाइने हुँदा मेरोसेयर र डिम्याट खाता खोल्नेको संख्या लगातार बढिरहेको छ । कुल जनसंख्याको करिब २० प्रतिशतले डिम्याट खाता खोलेका हुन ।
यसैगरी मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ५९ हजार एक सय १५ पुगेको छ जसमध्ये ३५ लाख ४२ हजार ४२ जना सक्रिय मेरोसेयर प्रयोगकर्ता रहेका छन् ।
पहिले सेयर कारोबार पछि भौतिक रुपमा डिआइएस सेयर राफसाफ हुने गरेकोमा अहिले अनिवार्य इडिआइएसमार्फत अनलाइन राफसाफ हुने हुँदा सेयर कारोबार गर्न मेरो सेयर भने अनिवार्य नै रहेको छ ।
सि आस्वामा रजिस्टर्ड ४३ बैंकमार्फत आइपिओ भर्न सकिन्छ । डिम्याट खातामा रहेका सेयरको संख्या भने साढे ११ अर्ब भन्दा बढी रहेको छ ।






