काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ।
१० अर्ब ८० करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्यमा ४ महिनामा २ अर्ब ९२ लाख रकम जम्मा भएको हो राजस्व विभागले जनाएको छ ।
राजस्व विभागका अनुसार चौमासिकमा २६.४९ प्रतिशत राजस्व उठेको हो। यसमा प्रशासनिक सेवा शुल्क लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै संकलन भएको छ।
१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड राजस्व संकलन भएको छ। यस्तै २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख राजस्व संकलन भएको हो।
घरजग्गा रजिस्ट्रेसन १ अर्ब २० करोड लक्ष्य राखिएको दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ अर्थात् ९.१० राजस्व संकलन भएको छ।
त्यस्तै नाता प्रमाणित दस्तुरमा ३५.४८, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८, व्यवसाय रजिस्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत राजस्व संकलन भएका विभागको राजकारी छ।