काठमाडौं । आईतबारका दिन तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार बन्द भएको शेयरबजारमा सोमबार भने निक्कै नै उतारचढावका बीच गिरावट आएको छ ।
आज बजार १५.४० अंकले घटेरर १९.४८ को विन्दुमा कायम हुन पुगेको हो । आज नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ।
आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ४६ करोड ९८ लाख ५१७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड ७७ लाख ४३ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ४ वटा वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।








