काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ ।आज होटेल तथा पर्यटन समूह सर्वाधिक ५.६७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.६४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१५ प्रतिशत, विकास बैंक समूहमा ०.८० प्रतिशत, वित्त समूहमा १.१८ प्रतिशत, जलविद्युत समूहमा ३.१५ प्रतिशत, लगानी समूहमा १ प्रतिशत, जीवन बीमा समूहमा १.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १ प्रतिशत, लघुवित्त समूहमा ०.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३० प्रतिशत, अन्य समूहमा ०.२९ प्रतिशत र व्यापार समूहमा १.३७ प्रतिशतको वृद्धि भएको छ।