काठमाडौं । आज बिहिवार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७.२७ अंकले बढेर १९३९ विन्दुमा उक्लिएको छ ।
आज कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये बैकिङ्ग इन्डेक्स, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन उपसूचक बाहेकका सबै सूचकमा वृद्धि देखिएको छ ।
सर्वाधिक व्यापार उपसूचक ५.५८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन उपसूचक ०.९३ प्रतिशतले घटेको छ ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ८ करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ र नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाए । खप्तड लघुवित्तको सेयर समेत धेरैले घटेको छ ।