काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गरेको छ। विभिन्न पद तथा श्रेणीका लागि कम्पनीले २०३ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक जस्ता पदका लागि विभिन्न श्रेणीमा आवेदन खुलाएको हो ।

सूचनामा उल्लेख गरिए बमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले फागुन १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।