काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महत आगामी महिना चैत १ देखि ९ सम्म वासिङ्टन डिसीमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरिका प्रस्थान गर्ने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री महतको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । अमेरिका भ्रमणका क्रममा मन्त्री महतसहितको टोलीले नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्ट दोस्रो बैठकको तयारी, माथिल्लो अरुण जलविद्युत आयोजना र विश्व बैंक र नेपालबीचको नयाँ साझेदारी खाका लगायत विषयमा छलफल गर्ने स्रोतले जनाएको छ।







