काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ निर्धारण गरिएको छ।

बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ। इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति वैशाख ११ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।