काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आउने आर्थिक वर्षको बजेट विगतको तुलनामा निकै पृथक हुने स्पष्ट पारेका छन् । उनले आज सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाँदै गर्दा सो कुरा बताएका हुन् । आइतबार धनगढी विमानस्थलमा प्रधानमन्त्रीले दाहालले बजेट सम्बन्धि खुल्दै त्यस्तो दाबी गरेका हुन्।
हाल ‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम ल्याउँन गृहकार्य भइरहेको उनको आशय थियो । दाहालले सोही अनुसार बजेटको पनि गृहकार्य भइरहेको र विगतको तुलनामा यसपालिको बजेट निकै राम्रो हुने उनको भनाई छ ।
साथै,हाल ड्राफ्ट तयार भइरहेको बताउँदै एमालेसँगको आफ्नो एकता टिकाउपूर्ण हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे ।






