काठमाण्डौ । छिमेकी राष्ट्र भारतले बीमाको नयाँ उत्पादन (बीमा पोलिसी) निर्माणमा उदार नीति अपनाएको छ । भारतको स्वास्थ्य बीमा सम्बन्धी नियममा उदारता देखिएको हो।

नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इण्डिया (आरडीएआई) द्धारा स्वास्थ्य बीमा सम्बन्धि प्रावधानमा ठूलो फेरबलद गरेको हो । उक्त परिवर्तनसँगै ६५ वर्ष उमेरको वृद्ध तथा घातक रोगको समेत बीमा हुने भएको हो । हाल भारतमा स्वास्थ्य बीमा योजना खरिद गर्ने उमेरको हकबन्दी हटाएसँगै बीमा क्षेत्रमा सो विषयको ठूलो चर्चा परिचर्चा भइरहेको अवस्था छ । गत १ अप्रिल २०२४ देखि लागू भएको स्वास्थ्य बीमा पोलिसीका लागि यो नयाँ नियम लागू हुने र भारतमा कुनै पनि उमेरका व्यक्तिले बीमा पोलिसी खरिद गर्न पाइने नयाँ व्यवस्था लागू भएको हो ।

आरडीएआईले निर्देशन दिँदै भारितय बीमा कम्पनीहरुलाई सम्पूर्ण उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य बीमा प्रोडक्ट उपलब्ध गराउन निर्देशन दिएको अवस्था छ । त्यति मात्र नभएर कुनै पनि स्वास्थ समस्या व्यहोरी रहेका बिरामीहरुको समेत बीमा हुने भएको छ। त्यस्ता बिरामीहरु क्यान्सर,हर्ट अट्याक, एचआईभी एड्स जस्ता दीर्घ गम्भिर रोग लागेका पनि हुन सक्छन् । यो भन्दा अगाडी भने ठूला रोग लागेको बीमा गराउँन बीमा कम्पनीहरुले हिच्किचाउँने गर्थे ।

यस्तै आरडीआईले हेल्थ इन्स्योरेन्स वेटिङ पिरियडलाई पनि ४८ महिनाबाट घटाएर ३६ महिना कायम गरेसँगै अहिले भारतिय बीमा नियामकको भारतमा मात्र नभई विश्वका विभिन्न स्थानमा चर्चा भइरहेको अवस्था छ । उक्त नियामकले आफ्नो उक्त निर्देशनले करोडौ नागरिकहरुले स्वास्थ सुविधा तथा वृद्धहरुको समेत रक्षावरण हुने जनाएको छ ।