काठमाडौं । शनिबार काठमाडौंबाट कान्तिलोकपथ हुँदै हेटौडातर्फ जादै गरेको कार दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन ।

त्यस्तै, एक जनाको अवस्था भने गम्भिर छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई पुर्याएर रौतहट फर्कदै गरेको खबर प्राप्त भएको छ । सो कार कान्तिराजमार्ग अन्तर्गतको बकैया १२ ठिंगनबाट खोँचमा खसेको हो भने विहान ग ३ च ९४७५ नम्बरको उक्त कार सडकबाट ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

भिमफेदी गाउँपालिका गंगटेका प्रेम बहादुर भुलुन र नाम खुलेको अर्का एक बालकले ज्यान गुमाएका हुन् ।

हाल घाइते अवस्थामा रहेका चालकले उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भान्जीलाई पुर्याएर फर्कदै गरेको अवस्थामा दुर्घटनामा परेको बताएका हुन् ।