काठमाडौं । भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

एजेन्सीका अनुसार कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठोक्किएको थियो ।

समाचार संस्था एएफपीका अनुसार रेलका तीन वटा डब्बा लिगबाट बाहिरिएका छ।रेल मन्त्री अश्विनी वैष्णवले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई १०-१० लाख, गम्भीर घाइतेहरूलाई जनही साढे २ लाख र घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन् । हाल उक्त घटनाको अनुसन्धान भइरहेको त्यहाँ स्थित प्रहरी स्रोतको भनाई छ ।