काठमाडौं । किलोको ४ रुपैयाँमा पनि गोलभेंडा नबिकेपछि कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।बजारमा गोलभेंडा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।

बजार मूल्य नपाएपछि किसानले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरेका हुन् ।

करिब ५ हजार किसानको गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको थियो। उक्त गोलभेंडा रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रबाट बिक्रीको लागि ल्याइएको थियो।