काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावालाको सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।