काठमाडौं । जीवन बीमा क्षेत्रका पहिलो अण्डरराईटर अभिकर्ताहरु हुन् । उनीहरुले ठूलो सानो व्यवसाय खोजेर बीमा कम्पनीलाई दिने गर्छन् ।
अभिकर्ताहरुले बीमा गराउनको लागि पनि इजाजत पत्र लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स लिएका अभिकर्ताहरुले सबैभन्दा पहिले बीमाको बारेमा बुझ्न जरुरी हुन्छ । बीमाको बारेमा बुझेका अभिकर्ताहरुले नै अरुलाई राम्रो जानकारी दिन सक्ने भएकाले उनीहरुले आफूले बेच्ने प्रोडक्टको राम्रो ज्ञान राख्न जरुरी हुन्छ ।
बीमा कम्पनीहरु नागरिकको घरमा पुगेर बीमा गर भन्ने नभई त्यो काममा अभिकर्ताहरुले ब्रिज गरेका हुन्छन् । पुलको काम गर्ने अभिकर्ताहरुले एकातिर नागरिकहरुको जोखिम बीमा कम्पनीलाई थम्याउने काम गर्छन् भने अर्कातिर उनीहरुले देशको अर्थतन्त्र चलायमान बनाउँन पनि महत्वपूर्ण भुमिका खेल्छन् ।
नेटवर्किङ रोक्न प्राधिकरण असफल
नेपालमा कुनै पनि व्यवसायमा नेवर्किङ खडा गरेर वा त्यसको डुप्लिकेसन गरी फाइदा उठाउन अवैध मानिन्छ । बीमा क्षेत्रमा भने त्यस्तो लुप होल खोजर धमाधम अभिकर्ताहरु नेटवर्क खडा गरेको पाइन्छ । हुन त सो कुरामा बीमा प्राधिकरण आफै पनि जानकार भने छ । त्यसरी जानकार हुँदा हुँदै पनि बीमा प्राधिकरणले अभिकर्ताहरुको अवैध नेटवर्किङ रोक्न असमर्थ देखिन्छ । बेला बेलामा प्राधिकरणले आफूहरुले अवैध नेटवर्किङको बारेमा जानकारी भएको जस्तो प्रतिक्रीया दिने गरेको छ भने त्यसलाई रोक्न पनि आफ्नो प्रयास जारी रहेको बताउँने गरेको छ ।

जीवन बीमामा कार्यरत केही पुराना एजेन्टहरुले नै डम्मी एजेन्टका कारण आफूहरुलाई समेत काम गर्न सकस हुने बताएका छन् । मात्रै पैसाको लागि त्यसरी अभिकर्ताहरुले नेटवर्किङ गर्दा भित्रभित्रै जीवन बीमा व्यवसायले स्वस्तथ हुन नपाउँने र अस्वस्थ प्रतिस्पर्धाको होडबाजी जन्माउने अवस्था रहन्छ । उनीहरुले लुकेरै हुने भए पनि त्यस्ता अवैध क्रियाकलाप नियामकले पत्ता लगाउँन सक्षमता राख्नु पर्ने बताएका हुन् ।
नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदीसँग सोही विषयमा पछिल्लो अपडेटको बारेमा जानकारी दिन खोज्दा उनले आफूहरुको जानकारीमा आएका अभिकर्ता नेटवर्किङका कुनै पनि विषयलाई गम्भिरता पूर्वक हेर्ने गरेको बताएका छन् । प्रवक्ता सुवेदीले विगतका तुलनामा अभिकर्ता नेटवर्किङ निकै हदसम्म कन्ट्रोल भइसकेको बताए । त्यस्तै, आफूहरुले त्यस्ता गरै कानुनी कार्य नगर्न सबै कम्पनीहरुलाई निर्देशित समेत गरेको जानकारी दिएका छन् । यद्यपी लुकिछीपी त्यस्ता कार्य भएको पाएमा आफूहरुले कडा कदम चाल्न समेत पछि नहटने बताए ।







