काठमाडौँ । बबरहलस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा बागमती प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले तालाबन्दी गरेका छन् ।

न्यूनतम् प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्‍याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरू आन्दोलनरत गर्दै आएका छन् ।

उनीहरूले आफ्नो माग पूरा गराउन दबाव दिनको लागि आइतबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले प्रोत्साहन रकमलाई मासिक रुपमा तलबी रुपमा स्थायीत्त्व गराउन पनि माग गरेका छन् ।

आफ्नो मागहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरूले जनाएका छन् ।