काठमाडौं। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल नियुक्त भएका छन्। बोर्ड नेतृत्वविहीन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले माघ ४ गते राजिनामा दिएका थिए । उनले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन भएको थियो।

बीमा बोर्डका कामहरू सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको हो।