काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बीमाप्रति कसैले पनि भ्रमपूर्ण अवस्था सिर्जना गरे त्यसले सिधै व्याकफायर (उल्टो क्षती) गर्ने स्पष्ट पारेका छन् । आर्थिक भ्वाइससँगको कुराकानीमा उनले बीमाले सेवा र बचतमा सघाउने भएकाले जो कोहीले बीमाको महत्व बुझ्नु पर्ने बताएका हुन् ।
उनले बीमा विषयमा नै विद्यावारिधि समेत गरेका छन् भने बीमा विज्ञको रुपमा समेत बसौला परिचित छन् । तर,पछिल्लो समय स्वास्थ बीमाको महत्व बुझेर त्यसबाट लाभ लिनेभन्दा पनि यसको नकारात्मक प्रचार बढी हुन थालेको देखिन्छ । बसौलाले कहिलेकाही साना र सामान्य समस्या आउँदा त्यसलाई छलफलबाटै टुंग्याउन सकिने भन्दै साना विषयलाई ठूलो बनाउन जरुरी नहुने प्रतिक्रीया दिएका छन् ।
त्यस्तै,कुनै कुरालाई बुझेर अघि बढ्दा राम्रो हुने भन्दै उनले पछिल्लो समय अन्य सरकारी निकायले गरेको निर्णयमा समेत स्वाथ्य बीमा बोर्ड दोषी देखिएको बताए । उनले त्यस्तो अवस्थामा कुन सरकारी निकायको काम के हो र कस्को क्षेत्राधिकार कति हो भन्ने कुरा बुझेमा नागरिलाई सेवा दिने कुरामा कुनै बिचतन नआउने समेत विश्वस्त पारेका छन् ।
केही दिन अघि स्वास्थय बीमा बोर्डमा एउटा विषय चर्चामा थियो । त्यस्तो विषय भनेको स्वास्थ बीमा बोर्डको दर्ता सहयोगीहरुसँग सम्बन्धित विषय हो । उनीहरुले आफ्ने कर छुटको दायरालाई लिए बोर्ड माथि एकाएक खनिएका थिए । अहिले स्वास्थ्य बीमा बोर्डले त्यो समस्याको बारेमा पनि सम्बन्धित पक्षमा सहि जानकारी दिइसकेको बताएको छ ।
साथै,आगामी दिनमा पनि त्यस्ता समस्याहरु नदोरिनका लागि सबै जनाले आ-आफ्नोतर्फबाट पहल गर्नु पर्ने बोर्डले जनाएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाले अन्य व्यवसायी बीमाको तुलनामा स्वास्थ बीमाको अवधारणा फरक रहेको र यो परोपरकार तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रहेको बताउँदै आएछन् । साथै, हातमा पैसा नभएका बेलामा र विपन्ना नागरिकहरुले समेत लाभ पाउने किसिमले जारी गरिने स्वास्थ्य बीमालाई जो कोहीले यसको वास्तविक महत्व मनन् गर्नु पर्ने उनको भनाई छ ।







