काठमाडौँ। सरकारले थप एक सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त सहकारीको रूपमा घोषणा गरेको छ। बचतकर्ताको रकम फिर्ता नगर्ने एक सहकारीलाई आज समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

नयाँ बानेश्वर स्थित बुद्ध नगरको सहकारीलाई भूमि व्यवस्था सहरी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो। लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानुनबमोजिम समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ।

गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यो सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो। सरकारले २१ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

समस्याग्रस्त घोषणापछि सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

यस अगाडि समस्याग्रस्त रहेको सहकारीको विवरण हेर्नुहोस्

क्र.सं.समस्याग्रस्त सहकारी संस्थाघोषित मितिबचत रकम सावादावीकर्ता संख्या
1कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड2075-03-18576346710
2स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड2075-03-18752882416
3स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड2075-03-18110893828175
4प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड2075-03-18487398913352
5सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड2075-11-19108741243240
6प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड2075-03-18132089927138
7चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड2075-03-18841149414
8लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लि2076-04-12117444026214
9ओरेण्टल को-अपरेटिभ लिमिटेड2079-06-0731950228624259
10कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड2075-03-184347825256
11कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड2075-03-182417189951
12भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड2075-03-181654471117
13पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड2080-04-0111148036181042
14तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड2080-05-2515581610315443
15शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लिमिटेड2080-05-25949322289632613
16हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड2080-10-117779019850
17कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड2080-10-2628227877932531
18कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड2080-11-0367851054546165
19श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड2080-11-2971702759844528
20गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड2080-12-1330100453601673
21गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड२०८१-०३-०६
कुल3628968178059587