काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको विभिन्न चार वटा समितिको बैठक बस्ने कार्यसूचि तय भएको छ ।
जसमध्ये अर्थ समितिको बैठक आज विहान ११ बजे बस्नेछ । आजको अर्थ समितिको बैठकमा बैंकिङ कसुर सजाय सम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने भएको छ ।
साथै, आजै लेखा समितिको बैठक पनि अपरान्ह १ बजे भएको हो । सार्वजनिक लेखा समितिको आजको बैठकमा ट्रंक तथा डेडिकेटेड विद्युत लाइनको महसुल बक्यौता सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिने कार्यसूचि रहेको छ ।
यता, उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि विहान ११ बजे बस्दैछ । त्यसैगरी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि १ बजे बस्दैछ । आजै विहान ११ बजे कानुन न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ ।








