काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई पारित गरेको छ ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।
समितिको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगतमा धेरै ऐनहरू बनाउँदा समय सापेक्ष भए नभएको समीक्षाका आधारमा नयाँ कानून बनाउन आवश्यक रहेको बताए ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मध्यस्तकर्ता, उत्पादक र बिक्रेतालाई व्यवसायीका रूपमा लिएको छ । विधेयकले अरूको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्थासमेत गरेको छ ।







