काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद गर्न पाउने भएका छन् । ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले उल्लेख गरेको छ।
शेयर किन्न इच्छुक शेयर धनीले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौँको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ ।