काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन गर्नको लागि अनुमति दिएको छ । बोर्डले आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता शेयर स्थानीय र सर्वसाधारणका लागि निष्काशन गर्ने छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ ।

त्यस्तै सेबोनले भगवती हाइड्रोपावरलाई १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले भगवती हाइड्रोपावरलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ ।

कम्पनी अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ रुपैयाँमा आइपीओ निष्काशन गर्ने छ ।

यस कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।