काठमाडौं । जीवन बीमाको दीगो विकास तथा स्थायित्व कायम गर्ने बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ललितपुरको लाकुरी भन्ज्याङ्मा असार ८ गते सुरु भई ९ गते समापन भएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको साझा संस्था नेपाल जीवन बीमक संघमा आबद्ध सबै बीमा कम्पनीका सिईओहरुको उपस्थिति रहेको थियो ।
नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग जीवन बीमाको दीगो विकास तथा स्थायित्व कायम गर्ने बारेमा दुई दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा भारतको प्रख्यात जेबी बोडा कम्पनीमा कार्यरत प्रख्यात अपर्णा चिन्चनकार अर्का स्वेतम्वरी दम्बालेले रिसोर्स पर्सनको रुपमा जीवन बीमा व्यवसायका विविध आयामहरुबारे प्रस्तुती दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा जीवन बीमा व्यवसायले भोग्नु परेको कठिनाई, आगामी दिनमा उत्पन्न हुनसक्ने चुनौतिहरु, जोखिममा आधारित चुक्ता पुँजि कार्यान्वयन गर्न व्यवसस्थापन, सञ्चालकहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल भएको थियो ।