काठमाडौँ। केन्द्रीय बैंकको तथ्यांक अनुसार भदौ १९ गते बुधवार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ६९ अर्ब बराबरको निक्षेप संकलन भएको छ।

भदौ १८ गते मंगलबारका दिन ६४ खर्ब ६६ अर्ब निक्षेप संकलन भएको थियो। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार एक दिनमा ३ अर्बले निक्षेप संकलन बढेको छ।

साथै, उक्त समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ। सो समयमा वाणिज्य बैंकबाट हुने निक्षेप संकलन पनि ३ अर्बले नै बढेको छ। भदौ १८ गते ५७ खर्ब ४० अर्ब निक्षेप संकलन गरेका बैंकहरुले १९ गते ५७ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेका हुन्।

त्यस्तै, त्यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कर्जा प्रवाहमा पनि १ अर्बको वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाले गत १९  गते ५१ खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका छन्। गत १८ गते भने बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थिए।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९८ प्रतिशत कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । यसैगरी त्यस अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा भने स्थिर रहेको छ । १८ गते ४५ खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १९ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।