काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई संस्थाहरुलाई मर्जरको स्वीकृति दिएको छ । सेबोनले आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरको पूर्व स्वीकृति प्रदान गरेको हो ।
संस्थाहरुले चैत ३० गते मर्जर स्वीकृतिको लागि संयुक्त रुपले बोर्डमा आवेदन दिएको थियो ।
बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ बमोजिम संस्थाहरुलाई पुर्व स्वीकृति दिएकाे हाे ।







