काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । सेबोनले आफ्नो वेबसाइटमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालहीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने जनाएको छ ।
त्यस्तै, साना तथा मझौता कम्पनीको त्रितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइने जनाएको छ । बोर्डका काम कारवाहीहरुलाई सहज बनाउनका लागि आवश्यक कार्यविधि तर्जुमा गरी लागु गरिने जनाएको छ ।
बोर्डले आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई विकासात्मक तथा नियमित गरी दुई भागमा विभाजन गरेको छ ।
सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको भएपनि आइतबार मात्रै वेबसाइटमा सार्वजनिक गरेको हो ।
sebon-niti-tatha-karyakra