काठमाडौँ। हिन्दु नेपालीहरूको मुख्य चार्ड दसैँ आउन करिब १ महिना जस्तो बाकी रहँदै गर्दा हवाई मार्फत यात्रा गर्ने यात्रुहरूले टिकट बुकिङ सुरु गरेका छन् ।
दैनिक रूपमा परेको पानी झरीको कारण अधिंकाशं ठाउँमा जाने बाटोमा बाढी पहिरोको प्रभाव बाकी रहेकाले टिकट काट्नेको सङ्ख्यामा दैनिक बढेको एयरलाइन्स कम्पनीहरूको भनाई छ । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने गरेको कारण एयरलाइन्स कम्पनीहरूले दसैँका लागि भनेर अग्रिम टिकट बुकिङ नगर्ने र कुनै दशैँ वा तिहारकै लागि भनेर छुट्टै कुनै मापदण्ड समेत नहुने भएको कारण एक महिना अगाडि नै बुकिङ गर्नेको सङ्ख्या बढेको एयरलाइन्स कम्पनीहरूको भनाई छ ।
यात्रुलाई आफ्नो सहजा अनुरूप दिन छनोट गरेर चाहेको समयमा जानका लागि जुनसुकै समयमा टिकट काट्न सकिन्छ सोही कारण एक महिना अगाडि नै ६० प्रतिशत टिकट अग्रिम बुकिङ भएको छ टिकट लिनेहरूले धेरैजसो १७ गते पश्चातकै दिनहरू रोज्ने गरेका छन् । बुद्ध एअरका एक कर्मचारीले आर्थिक भ्वाईससँग भने। उनका अनुसार उक्त एअरले दैनिक १० हजार यात्रु बोक्ने गरेको र दशैंको समयमा यसको सङ्ख्या दोब्बरले बढ्ने गरेको जानकारी दिएका छन् ।
समय सकिँदै जाँदा पछि टिकट अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् । अहिले काठमाडौँबाट सबै गन्तव्यको लागि दसैँ अघिका टिकट बुकिङ भइरहेको छ ‘एयरलाइन्सहरूले दसैँका लागि छुट्टै बुकिङ नखुलाउने भएका कारण पनि यात्रुहरूले आफू अनुकूल बुकिङ गरिरहनु भएको छ । त्यसमध्येमा तुम्लिङटारका लागि लगभग अग्रिम टिकट लिनेको सङ्ख्याको आवश्यकता भन्दा ज्यादा भएको कारण नयाँ टिकट दिन सक्ने अवस्था नभएको बुद्ध एअरका एक कर्मचारीले जानकारी दिए ।
सामान्य दिनमा पनि काठमाडौँबाट पोखरा, नेपालगन्ज, भैरहवा, धनगढी, विराटनगर लगायतका गन्तव्यमा दर्जनौँ उडान भइरहेका छन् । दसैँको बेला यी गन्तव्यमा यात्रुको चाप झन् बढ्छ । सबै गन्तव्यमा टिकट बुकिङ भइरहे पनि टिकटको अभाव हुन्छ हुँदैन वा उडान थप्ने विषयमा सम्बन्धित निकायसँगको सल्लाह अनुरूप मात्रै जानकारी दिन सकिने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
सरकारले हवाई टिकटको न्यूनतम र अधिकतम भाडा दर तय गरेको हुन्छ । एयरलाइन्स कम्पनीहरूले सोही अनुसार भाडा लिने गर्छन् । यात्रुले टिकट काट्दा न्यूनतमदेखि अधिकतम भाडा छनोटको सुविधा पनि दिइएको हुन्छ । चाडै बुकिङ गर्दा न्यूनतम भाडादरमा टिकट काट्न पाइने र आफूले चाहेको ठाउँमा समयमा जान पाइने कारण दैनिक बुकिङ गर्नेको सङ्ख्या बढेको एअरलाईन्स कम्पनीहरूको भनाइ छ ।








