काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खाताको ब्याजदर घटाएको छ।

बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि भदौ महिनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

बैंकको असोजमा आधार दर ७.२९ प्रतिशत छ । भदौमा बैंक महिनाका लागि भने आधार दर ७.४५ प्रतिशत रहेको थियो ।