काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जस अनुसार बैंकहरुको निरन्तर रूपमा घटिरहेको ब्याजदर निर्धारण गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुन महिनाका लागि १८ बैंकको ब्याजदर स्थिर छ रहेको छ। फागुन महिनाका लागि ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ।

यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए ।

व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ। बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत कायम छ । माघमा पनि ६.० प्रतिशत नै थियो।

फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ। पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकममा सुधार आएको छ । यहीँ कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर बिच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

       बैंकहरुले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर