काठमाडौँ। असोज १० गते बिहीबार देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण अवरुद्ध रहेका धेरै सडक हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

नेपाल प्रहरीको अपडेटअनुसार अनुसार मङ्गलवारसम्म उपत्यकाका काठमाडौँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिका भैरव सडक खण्ड अवरुद्ध छ ।

त्यस्तै कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको अपडेटमा उल्लेख छ ।