काठमाडौँ । बैंकहरुको निक्षेप संकलनमा गिरावट आएको छ । राष्ट्र बैंकको कात्तिक ५ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३३ अर्ब निक्षेप संकलन भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक ४ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३७ अर्ब निक्षेप संकलन भएको छ।

यस्तै, उक्त समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ३ अर्बले घटेको देखिएको छ । कात्तिक ४ गते ५९ खर्ब २ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले ५ गते ५८ खर्ब ९९ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा समेत उक्त समयमा सामान्य सुधार देखिएको छ । कात्तिक ४ गते ५२ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ५ गते ५२ खर्ब ७०अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, सोही समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि १ अर्बले बढेको छ ।

कात्तिक ४ गते ४६ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ५ गते ४६ खर्ब ६४ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् । भने औसत सीडी रेसियो ७८.११ प्रतिशत कायम भएको देखाएको छ ।

नोट : शिर्षकमा अर्ब हुनु पर्ने ठाउँ खर्ब भएकाले गल्ति सच्चाइएको जानकारी गराउदछौ ।