काठमाडौं । आज पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा बन्द भएको छ । आज चार अर्ब ४१ करोड रकम बराबरका ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ । यस्तै १० कम्पनीको स्थिर रहेको छ । यसदिन जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ७.६७ प्रतिशतले बढेको छ ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४७७ रूपैयाँ कायम भएको छ। खानीखोला हाइड्रोपावरको मूल्य ७.५३ प्रतिशतले बढेर प्रतिकित्ता ४६५ रूपैयाँ ५० पैसा पुगेको छ । यस्तै, एनआरएन इन्फ्रास्टक्चरको मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५ रूपैयाँमा झरेको छ। दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य ३.५९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २५१ रूपैयाँ ५० पैसा कायम भएको छ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५ रूपैयाँमा १८ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४९ रूपैयाँ ३० पैसामा १८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ।







