काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा एकैदिन दुई हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेकोछ ।







