काठमाडौँ। विजय लघुवित्त, गणपति लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकले शेयर धनीलाई निराश बनाएका छन् । यी तीन कम्पनीले नै गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

विजय लघुवित्त वित्तीय संस्थाको (आज) बिहीबार बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागी नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

त्यस्तै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको गरेको छ ।

साथै उक्त बैठकले सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र कम्पनीको आगामी वार्षिक साधारण सभामा पारितका लागि पेश गर्ने निर्णय गरेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकले समेत शेयर धनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयर धनीलाई लाभांश दिन नसक्ने निर्णय गरेको हो।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।